एमाले महाधिवेशन

अझै टुङ्गिएन एमाले पदाधिकारी, ओली छलफलमा

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरूसँग छलफलमा जुटेका छन् । १९ सदस्यीय केन्द्रीय पदाधिकारीदेखि ३०१ सदस्यीय केन्द्रीय कमिटी टुङ्ग्याउने जिम्मा पाएका ओलीले पार्क सफारी होटलमा नेताहरूसँग छलफल गरिरहेका छन् ।

खास गरी उपाध्यक्ष र महासचिवमै सकस भइरहेको छ । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम अघि सारेका छन् । अर्का दाबेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । तर एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् । नेम्वाङलाई जनजाति प्रतिनिधिहरूले समेत दाबी नछाड्न दबाब दिएका छन् ।

यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दाबेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर पौडेल सहमत भइसकेको छैन । १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरूको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार भएका छैनन् ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग संवाद गर्न भ्याएका छैनन् । यद्यपि उनीसँग पनि छलफल गर्ने तयारी रहेको एमाले नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *