एमाले महाधिवेशन

३०१ पदमा निर्वाचन गराउन भोटिङ मेसिनमा समस्या

चितवन । नेकपा एमालेको ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ । भोटिङ मेसिनले २२५ जनाको मात्रै रिजल्ट देखाउने भएपछि निर्वाचन गराउन समस्या देखिने भएको हो ।

पोलिटब्युरो सदस्य अरुण नेपालका अनुसार यसअघिको विधानमा व्यवस्था भएअनुसार केन्द्रीय कमिटीमा २२५ जना रहन्थे । त्यहीअनुसार मेसिनको व्यवस्था गरिएको थियो ।

तर, अहिले केन्द्रीय कमिटी ३०१ पुगेपछि भोटिङ मेसिनको सफ्टवेयर परिवर्तन गर्नुपर्ने भएको छ । त्यसका लागि समय लाग्ने देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *