एमाले महाधिवेशन

पदाधिकारी छान्ने जिम्मा ओलीलाई, भीम रावलको आपत्ति

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत सौराहामा जारी बन्द सत्र हलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार सर्व सहमतिका लागि ओलीलाई अधिकार दिएको हो ।

उनका अनुसार बन्द सत्र लगत्तै ओलीले सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन् । ‘त्यो त अध्यक्ष कमरेडले नै गर्नुहुन्छ । यस्तो राजनीतिक र सङ्गठनात्मक कुरामा अध्यक्षले निष्कर्ष लिने हो । बन्द सत्रले त्यही भनेको छ,’ उनले भने ।

योसँगै अब ओलीले सर्वसम्मतिका लागि पदाधिकारी नेतृत्व गर्ने बाटो खुलेको छ । पदाधिकारी छान्ने जिम्मा ओलीलाई दिएपछि भीम रावलले आपत्ति जनाएका छन् । उनले यसरी एक्लै निर्णय गर्न नपाइने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *