अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

चितवन । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरेका हुन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको उनको भनाई छ । ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, भट्टराई भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’

पार्टीका उपाध्यक्ष भीम रावलले भने अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् । तर प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *