मणि थापा भन्छन्- एमालेमा ओलीको विकल्प छैन

सौराहा । पूर्वमाओवादीबाट एमालेमै रहेका नेता मणि थापाले अहिले एमालेमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । सौराहामा चलिरहेको १०औँ महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा एमालेमा ओलीको विकल्प छैन ।’

भीम रावलले अहिलेको अवस्थालाई नबुझेको उनकाे टिप्पणी छ । ‘उहाँले एमालेको अहिलेको अवस्था बुझ्नुभएको छैन’, थापाले भने, ‘अहिले एमालेलाई चाहिने भनेको ओली नै हो ।’ एमालेमा राजनीतिक तथा सांगठनिक सकस रहेको र त्यसको समाधान ओलीले मात्रै गर्न सक्ने उनको जिकिर छ ।

तपाईंको उम्मेदवारी के मा ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘केहीमा पनि छैन । अध्यक्ष कमरेडले दिनुभएको जिम्मेवारी निभाउँछु ।’ थापा पूर्वमाओवादी नेता हुन् । उनी ०७७ फागुनमा एमालेमा प्रवेश गरेका थिए । स्रोतका अनुसार थापा एमाले सचिवका आकांक्षी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *