एमाले महाधिवेशन

एमालेमा सर्वसम्मतिको सकस : ओली-रावल खेमाबीच बेग्लाबेग्लै छलफल 

सौराहा । एमालेमा केन्द्रीय पदाधिकारी छान्न सकस परेको छ । एमालेले १९ सदस्यीय केन्द्रीय पदाधिकारी सर्वसम्मतिबाटै छान्न अभ्यास गरिरहेको छ, यद्यपि सकिरहेको छैन । अहिले सौराहामै नेताहरू बेग्लाबेग्लै छलफलमा जुटेका छन् ।

खास गरी अध्यक्षमा सर्वसम्मत रूपमा आउन चाहेका बहालवाला अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका बहालवाला उपाध्यक्ष भीम रावल खेमाबीच छुट्टाछुट्टै छलफल चलिरहेको छ ।

सर्वसम्मत रूपमै पदाधिकारी टुङ्ग्याउने भन्दै सौराहामै बसेको केन्द्रीय कमिटीको बैठकले ४ पदाधिकारी (२ उपाध्यक्ष र २ उपमहासचिव) थप गरेर निष्कर्षविहीन उठेपछि एमालेको आन्तरिक सकस कायमै रहेको हो ।

सर्वसम्मत रूपमा आफू पुनः अध्यक्षमा दोहोरिने ओलीको दाउलाई रावलले चुनौती दिँदै उम्मेदवारी दिने घोषणा गरेपछि थप सकस परेको हो ।

मकालुखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै रावलले भने, ‘उम्मेदवारी आज दिँदैछु, कताको फिर्ता लिनु ।’ ओलीले केन्द्रीय सदस्यहरूको हकमा भने चुनाव नै गराउनुपर्नेमा जोड दिएका छन् । हिजो बसेको बैठकमा ओलीले सदस्यहरूलाई चुनावबाटै ल्याउनेपर्ने बताएका थिए । आफूहरूको बैठक बसिरहेको नेता पार्वत गुरुङले पुष्टि गरे । उनले भने, ‘सर्वसम्मतिकै प्रयास हुँदैछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *