एमाले महाधिवेशन : बन्द सत्रस्थलमा थारु समुदायकाे नाचगान (तस्बिरहरू)

भरतपुर । नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु भएको छ  । आज दोस्रो दिन बन्द सत्र सुरु भएको छ । साेराहास्थित महाधिवेशन बन्द सत्र स्थलमा मनोरञ्जनको लागि थारु सांस्कृतिक नृत्य देखाइएको छ । थारु समुदायमा चर्चित ठकरा नृत्य लगायतका नृत्य प्रस्तुत गरिएको छ ।

यस्तै बन्द सत्रमा आज नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनेछन् । सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि यो सम्भव देखिएकाे छैन । बन्द सत्र स्थला बिहानैदेखि रमाइलाे माहाैल देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *