पदाधिकारी थप भयो, सर्वसम्मतिबाट नेतृत्व छान्छौँ : नेम्वाङ

चितवन ।  नेकपा एमालेका नेता सुवास नेम्वाङले दसौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन हुने दाबी गरेका छन् । सर्वसम्मतिबाट नेतृत्व छान्नलाई नै पदाधिकारी सङ्ख्या थपिएको भन्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘सर्वसम्मत रूपमा पदाधिकारी छान्नलाई नै पदाधिकारीको सङ्ख्या १९ पुर्‍याइएको हो । अब सर्वसम्मतिबाट छान्छौँ ।’  यद्यपि अध्यक्ष पदमा भने अहिल्यै भन्न नसक्ने तर सम्भावना बांँकी रहेकाे बताए ।

भीम रावलले फिर्ता लिन्नँ भन्नुभएको छ नि भन्ने मकालुखबरकाे प्रश्नमा उनी भन्छन्, ‘यसबारे अहिल्यै केही भन्दिनँ । भरेसम्म केही न केही होला ?’ । तर उपाध्यक्ष  रावलले  भने उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *