अबको पाँच वर्ष एमाले र देशलाई दिशानिर्देश गर्ने नेतृत्व तयार गर्छौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको पाँच वर्ष एमालेलाई मात्र नभएर देशलाई नै दिशानिर्देश गर्ने नेतृत्व तयार पार्ने बताएका छन् ।

चितवनको नारायणी नदी किनारमा एमालेको १०औँ महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट अबको पाँच वर्षसम्म एमालेलाई र देशलाई नै निशानिर्देश गर्नेगरिको नेतृत्व चयन गर्ने दाबी गरे ।

अबको चुनावबाट एमालेले बहुमत ल्याउने र सरकार बनाउने दाबी पनि ओलीले गरे ।

ओलीले उद्घाटन गरेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिनेछ । बन्दसत्र भने सौराहमा हुनेछ ।

महाधिवेशनको उद्घाटन समारोहमा हजारौँ नागरिक उपस्थित थिए । उद्घाटन समारोहमा प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका प्रमुख र नेता उपस्थित भएर सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा भारत बंगलादेशलगायत देशका पार्टी प्रतिनिधि उपस्थित थिए । चीनलगायत केही देशका पार्टीका भिडियो सन्देश पठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *