चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक
२०७८ मंसिर १० गते

काठमाडौँ । चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रले विदेश पढ्न जाने विद्यार्थीको कथा भन्ने अनुमान ट्रेलरमार्फत लगाउन सकिन्छ ।
पुस ९ बाट प्रदर्शनमा आउने सामाजिक विषयमा कमेडी मिश्रित यो चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम, राजीव जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय छ ।
दीपक शर्माको संगीत तथा राहुल राईको छायाङ्कन रहेको चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह-निर्माता रहेको चलचित्र वितरणको जिम्मा डीसीएनले लिएको छ ।
२०७८ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








