क्याट्रीनाको विवाहमा मोबाइल लैजान नपाइने

एजेन्सी । बलिउड अभिनेत्री क्याट्रिना केफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो साता विवाह बन्धनमा बाँधिँदै छन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको तयारी धूमधामका साथ चलिरहेको छ ।

यी दुईको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् ।

आफ्नो विवाह समारोहलाई गोप्य राख्नका लागि उनीहरूले एक टिमसमेत तयार गरेका छन् । यसअघि बलिउड अभिनेत्री प्रियङ्का चोपडा र अमेरिकी गायक निक जोनसको विवाहमा पनि अतिथिलाई मोबाइल लैजान प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *