पूर्वलडाकुहरूलाई ओलीले भने- केका लागि लडाइएको रहेछ देख्नुभयो नि !

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा माओवादीका लडाकुहरूलाई नेकपा एमालेमा प्रवेश गर्न आग्रह गरेका छन् ।

चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब धेरै पूर्वलडाकुहरू नेकपा एमाले प्रवेश गर्ने दाबी पनि गरे । उनले पूर्वलडाकुहरूलाई एमालेमा आउन आह्वान गर्दै उनले भने, ‘देख्नुभयो‚ तपाईँहरूको लडाइँ कसलाई मन्त्री बनाउन कसलाई मेयर बनाउन रहेछ ?’

लडाकूहरुले खनेको बाटोमा अरुले नै गाडी गुडाएको भन्दै उनले माओवादी सरकारमा पुगे पनि त्यसको फाइदा लडाकुले लिन नपाएको दाबी गरे । उनले शान्ति प्रक्रिया पूरा गर्न अरु दलले नचाहेको आरोप लगाउँदै शान्ति प्रकृया पूरा गराउनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *