मेरा खुट्टा तान्नेहरू अहिले प्रधान मन्त्रीका खुट्टा समाइरहेका छन् : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई काम गर्न समस्या भइरहेको हुनसक्ने टिप्पणी गरेका छन् ।

एमालेको १०औँ महाधिवशेनलाई सम्बोधन गर्दै उनले आफूलाई काम गर्न नदिएकाहरू अहिलेको सरकारमा रहेको टिप्पणी गर्दै प्रधान मन्त्री शेरबहादुर देउवाले काम गर्न चाहे पनि गर्न नपाएको हुनसक्ने बताए ।

मञ्चमा रहेका प्रधान मन्त्री देउवातिर हेर्दै ओलीले भने‚ ‘अतिथि बनाएर मञ्चमा राखेर यसो भन्नु वाञ्छनीय हुँदैन, तर प्रधान मन्त्रीजीले चाहेर पनि केही गर्न सकिरहनुभएको छैन कि ! किनभने अस्ति मेरो खुट्टा तान्नेहरू अहिले उहाँका खुट्टा समाइहरेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *