हामी माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहँदैनौँ : पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले अन्तरविरोधहरू स्थिर नहुने भन्दै द्वन्द्व तथा अन्तरविरोध एक रुपमा नरहने बताएका छन् । सामाजिक शक्तिहरूबीचमा एकता, द्वन्द्व र फेरि एकता हुन गरेको मार्क्सवादीहरूले मात्र अनुभूत गर्ने गरेको उल्लेख गरे ।

द्वन्द्वबिना विकास सम्भव नभएको उल्लेख गरेका उनले आफूहरूको बीचमा पनि यही नियम लागू भएको बताए । ‘केही काल हामी पार्टी एकता गरेर एकै ठाउँमा रह्यौँ । हाम्रा केही मान्यताहरूको भिन्नताका कारण परिवेशले अलग हुनुपर्‍यो‚’ उनले भने ।

आज हामीले उपभोग गरेको लोकतन्त्र युद्ध र आन्दोलनको समायोजनको उपलब्धि हो । त्यसो नभएको भए आज पनि राजाको निरंकुशताको कैदी हुनुपर्ने अवस्था आउँथ्यो ।

‘गिरिजाप्रसाद कोइरालाले मले-मसाले एकै हुन् भन्थे,’ उनले भने, ‘तिनै माले मसालेलाई हातमा लिएर मात्र अहिलेको अवस्था आएको हो‚ हामीले सम्झनुपर्छ ।’

उनले नेपाली कम्युनिस्टको आन्दोलनमा नेपाली जनताको विश्वास रहेको बताए ।

कतिपय संकीर्णताले आज जितेजस्तो देखिए पनि समाजवादी समाज निर्माण गर्ने आफूहरूको अभिभारा अहिले अलमलिएको बताए । ‘हामी माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहँदैनौँ‚’ उनले भने‚ ‘एकता‚ संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास, सबैको रहने हो भने मुलुकले नयाँ कोल्टे फेर्न, समाजवादी क्रान्तिले नयाँ दिश पक्रन सक्छ ।’

जतिसुकै मतभेद र तिक्तता भए पनि राष्ट्र निर्माणका लागि सहमति सहकार्य आवश्यक रहेकाले राष्ट्रिय स्वाधीनता र विकासमा विमति हुनु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *