माग सम्बोधन नभए मानव साङ्लो सडकमा उतार्ने ठाकुरको चेतावनी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जेलमा रहेका आफ्ना साथीहरूलाई रिहा गरिदिन प्रधान मन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

चितवनमा जारी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ महाधिवेशनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको सम्झौताबमोजिम आफ्ना साथीहरूलाई रिहा गरिदिन प्रधान मन्त्री देउवासँग माग गरेका हुन् ।

नेता र कार्यकर्ताप्रति ओलीले देखाएको सद्भावप्रति अनुग्रहित रहेको बताएका ठाकुरले आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिए । संविधानमा देखिएका त्रुटी सम्बोधन गर्नका लागि ठुलो मानव साङ्लो निकालेको स्मरण गराउँदै जेलमा रहेका नेता/कार्यकर्ता नछुटे फेरि मानव साङ्लो उतार्ने चेतावनी दिए ।

सांसदहरु विभिन्न किसिमका मुद्दामा जेलमा रहेको तारिख खेप्नुपरेको विषयमा प्रधान मन्त्रीलाई आग्रह गरिएको भएपनि सुनुवाइ नभएको ठाकुरको भनाइ छ । राज्यवन्दी छुटाउने, मुद्दा फिर्ता लिनेबारेमा सुनुवाइ भएको छैन,’ उनले भने, ‘आश्वासन मात्र दिने र कार्यान्वयन नगर्ने हो भने २० लाख मानिसको मानव साङ्लो फेरि पनि सडकमा उत्रन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *