देशलाई अस्तव्यस्त बनाउने प्रयास गरियो : बादल

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले देशलाई अस्तव्यस्त बनाउने प्रयास भएको बताएका छन् ।

चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशी-विदेशी शक्तिहरूको षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बताए । उनले सरकारलाई अलोकतान्त्रिक तरिकाबाट विस्थापित गरिएको पनि भन्न भ्याए । ‘व्यवस्थापिका संसद्‌को जनादेशबाट होइन; अदालतको अध्यादेशबाट संचालित भएको छ,’ उनले भने, ‘देशको नीति निर्माण गर्ने व्यवस्थापिका संसद् अस्तव्यस्त भएको छ ।’

मुलुकको न्यायालयलाई सेटिङबाट भताभुङ्ग बनाइएको तथा देशलाई अस्थिरता, अशान्तिको दुश्चकरमा धकेलिएको थापाले बताए । नागरिकको जनजीविका जोखिममा परेको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र, गाणतन्त्र, संघीयता अत्यन्त जोखिममा परेको उनले बताए ।

‘नेपालको राजनीतिक अवस्था दुई ध्रुवमा विभाजित भएको छ,’ उनले भने, ‘एकातर्फ अग्रगमन र समाजवादका पक्षधरहरू र अर्कातिर पश्चगमन र दलाल पुँजीवादका दावेदारहरु तथा एकातर्फ देशभक्त लोकतन्त्रिक, बामपन्थी शक्तिहरू र अर्कातर्फ अन्धराष्ट्रवादी, आत्मसमर्पणवादी र दक्षिणपन्थी शक्तिहरु रहेका छन् ।’

प्रतिगामीहरूको गुरुयोजनाबमोजिम नेकपा ३ टुक्रा भएपनि नेकपा एमाले ठूलो, अनुशाशित र एकताबद्ध पार्टी भएको विधान महाधिवेशनले सन्देश दिएको थापाले उद्घोष गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *