दुईवटा कामले एमालेलाई जनताले सम्झिनेछन् : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले जनताले दुईवटा कामले सम्झिने बताएका छन् ।

एमालेको दशौँ महाधिवेशनमा सम्बोधन गर्ने क्रममा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको चुच्चे नक्सा र चीनसँग गरिएको पारवहन सम्झौताका लागि जनताले एमालेलाई सधैँ सम्झिने बताएका हुन् ।

‘ओलीको नेतृत्वमा हामीले पनि सरकार चलायौँ । ओलीमा राष्ट्रवादी सोच छ । अन्तरराष्ट्रिय रङ्गमञ्चमा पनि नेपालीको शिर उच्च रह्यो‚’ उनले भने‚ ‘विप्लवलाई मूलधारमा ल्यायो एमालेले । लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमामा रक्षाका निम्ति अगि बढ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *