एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

चितवनको नारायणगढस्थित नारायणी नदीको किनारमा सुरु भएको महाधिवेशनमा प्रधानमन्त्री द‍ेउवासहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधनका लागि प्रधानमन्त्री देउवा चितवन पुगिसकेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासमेत कार्यक्रमलाई सम्बोधन गर्न चितवन आउँदै गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *