एमाले महाधिवेशनले पूर्व पश्चिम राजमार्ग प्रभावित (तस्बिरहरू)

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनले पूर्व पश्चिम राजमार्ग प्रभावित भएको छ । आज महाधिवेशन उद्घाटन समारोह रहेकाले राजमार्ग प्रभावित भएको हो ।

संघीय राजधानी काठमाडौँबाट जाने सवारीलाई आपटारी चोक तथा पश्चिमबाट आउने सवारीलाई गैँडाकोट चोक र पूर्वतर्फ एयरपोर्ट चोक अगाडि बाटै सवारीसाधन रोक लगाइएको छ । अहिले नेता कार्यकर्ता हिँडेरै महाअधिवेशन स्थल जाँदैछन् ।

निजी सवारी र २ पाङ्ग्रे सवारीलाई भने रोक लगाइएको छैन । यद्यपि एमालेले सवारीसाधनमा कुनै रोकटोक नलगाउने भनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *