उद्घाटनअघि एमाले महाधिवेशनको रौनक (तस्बिरहरू)

चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।  महाधिवेशनका लागि नारायणी नदी किनार झकमक्क बनाइएको छ ।  नारायणी नदी किनारमा उत्तरतर्फ विशाल मञ्च बनाइएको छ ।

मञ्चको दक्षिणतर्फ पाँच स्थानमा श्रव्य दृश्यका लागि ठूला स्क्रीन राखिएका छन् । महाधिवेशनमा देशभरबाट एमाले नेता/कार्यकर्ताहरूकाे भेला हुने क्रम जारी छ ।

अन्य स्थानीय, अतिथिहरूदेखि पत्रकार सञ्चारकर्मीको उल्लेख्य उपस्थिति छ ।  अहिले महाधिवेशन स्थलमा मानिसहरूको सङ्ख्या बाक्लिँदै गएको छ ।  महाधिवेशन उद्घाटन कार्यक्रम भने झण्डै १२ बजे सुरु हुने आयोजकले जनाएको छ । तस्बिरहरू…









प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *