चितवनमा शुरु भयो चहलपहल (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि चितवनमा चहलपहल बढेको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने राष्ट्रिय महाधिवेशन आज चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।

पार्टीभित्रको विग्रह र विभाजनपछि हुन लागेको महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच अध्यक्ष पदमा टक्कर हुने देखिएको छ ।

गत असोजमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको विधान संशोधन गरेर १५ जना पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटीसहितको २२५ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसअनुसार अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१ उपाध्यक्ष-४, महासचिव-१, उप-महासचिव-१ र सचिवहरू-७ निर्वाचित हुनेछन् ।

यो पनि : एमालेको १०औँ महाधिवेशन आजदेखि, को-को सहभागी हुन्छन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *