मंसिर १० गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. मंसिर १०, २०७८ । ई.सं. २६ नाेभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस, दक्षिणायन हेमन्त । शुक्रबार मार्ग कृष्णपक्ष । तिथि- सप्तमी, २४:४४ बजे उप्रान्त अष्टमी । नक्षत्र- अश्लेषा, १७:०० बजे उप्रान्त मघा । योग- ऐन्द्र, २८:५३ बजे उप्रान्त वैधृति । करण- भद्रा १२:३१ बजेदेखि वव, २४:४४ बजे उप्रान्त तैतिल । चन्द्रराशि कर्कट । आनन्दादि योग मृत्यु । दिनमान २६।२१ । सूर्योदय ६:३४ । सूर्यास्त १७:०७ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन पनि रमाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या पनि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । लगानी नगर्दा वेश हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रणयसम्बन्ध र मनमा चञ्चलता बढ्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज प्राविधिक काममा समेत फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै प्रसङ्गमा मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा निराशा र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको पनि विकास हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दैनिक कार्यमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । सफल यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *