काठमाडौँ कांग्रेसको सभापतिमा बानियाँ र कार्की उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापतिमा सबुज बानिया र उपेन्द्र कार्की प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापन पक्षबाट कार्की र संस्थापन इतर पक्षबाट बानिया सभापतिको उम्मेदवार बनेका हुन् ।

दुवै पक्षले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । वर्तमान सभापति समेत रहेका बानियालाई नेता प्रकाशमान सिंह, नेता रामचन्द्र पौडेल, गगन थापालगायतको समर्थन छ ।

काठमाडौँ २ का क्षेत्रीय सभापति रहेका कार्कीलाई सभापति देउवा पक्षको समर्थन छ ।

काठमाडौँमा सिंह र थापा पक्षका धेरै उम्मेदवार विजयी भएका छन् । यो गठबन्धनले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये  आठ क्षेत्रमा नेता जितेको छ ।

नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *