एमाले महाधिवेशन उद्घाटनमा ‘प्रचण्ड’ नजाने

काठमाडौँ । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ नजाने भएका छन् । अध्यक्ष प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले जान नसक्ने माओवादी निकट स्रोतले मकालुखबरलाई बतायो । स्रोतका अनुसार एमाले महाधिवेशनमा पार्टीबाट प्रतिनिधि भने पठाइने छ । यसबारे पार्टीमा छलफल भइरहेको छ ।

                   एमाले महाधिवेशनलाई प्रधान मन्त्री देउवाले सम्बोधन गर्ने, अरू को को नेता आउँदैछन् ?

स्रोतले भन्यो, ‘अध्यक्षज्यूको काभ्रेमा पूर्वनिर्धारित कार्यक्रम छ, उहाँ त्यता जाने भएकाले चितवन जान भ्याउनु हुन्न । पार्टीबाट प्रतिनिधिका रूपमा कसलाई पठाउने भन्ने बारे छलफल हुँदैछ ।’ केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएका थिए।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमाले महाधिवेशन उद्घाटनमा जाने भएका छन् । देउवासहित अन्य राजनीतिक दलका नेताहरु समेत चितवन जाने बताइएको छ । एमाले राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *