लघु चलचित्र ‘शुभ सन्ध्या’ बन्ने

काठमाडौँ । जातीय विभेद र महिला हिंसाको बिषयमा लघु चलचित्र ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । अमिर बरालको निर्देशन रहने चलचित्र नारायणी फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।

चलचित्रमा सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य भूमिका रहने छ भने बालकलाकार आदित्य ढुङ्गानाको समेत अभिनय रहनेछ । निर्देशक बरालकै कथामा अंगत श्रेष्ठको पटकथा सम्वाद रहेको चलचित्र रवि कोइरालाले छायाँकन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *