हलिउड चलचित्रमा कर्मा

काठमाडौँ । कलाकार कर्मा शाक्य हलिउड चलचित्र ‘फ्रोस्टबाइट’ मा अनुबन्धित भएका छन् । सगरमाथामा खसेको हिम पहिरोमा बाँच्न सफल चार आरोहीको कथामा आधारित यस चलचित्र ज्याक स्टेन्जले लेखेका हुन् ।

२०२२ को फेब्रुअरीबाट नेपाल र अमेरिकामा छायांकन हुने चलचित्र डिज्नेका एनिमेटर किरणभक्त जोशीले अमेरिकन कम्पनी इलेक्ट्रिक ब्रेन इन्टरटेनमेन्टको संयुक्तमा निर्माण गर्न लागिएको हो ।

चलचित्रमा कर्मासँगै बलिउड अभिनेता गुल्सन ग्रोबर पनि देखिनेछन् । ‘द म्यान फ्रम काठमान्डु’मा कर्मा र ग्रोबरले सहकार्य गरेका थिए । साथै अन्य कलाकार अमेरिकाबाट नै छनौट गरिने छ भने एक कलाकार भुटानको रहने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *