दयाहाङलाई लिएर चलचित्र बनाउँदै नवीन

काठमाडौँ  । निर्देशक नवीन सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्। पूर्वी पहाडमा रहेका राई समुदायको मौलिक कथामा बन्न लागेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, पर्शन राई, खनुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा, राज थापा काउचा अनुबन्धित भएका छन् ।

चलचित्र अमेरिकी सिनेमाटोग्राफर मार्सिन क्याप्रोनले खिच्दै छन् भने कास्टिङ निर्देशन सिर्जना सुब्बा र केदार श्रेष्ठले गर्दै छन् । चलचित्रको प्रमुख सह–निर्देशक राजेश विश्वकर्मा छन् भने सह–निर्देशकमा अनिता रसाइली र विशाल न्यौपाने रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *