फागुन १३ मा चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन हुने

काठमाडौँ । बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तय भएको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति तय गरेका हुन् । उनका अनुसार चलचित्र यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको ट्रेलर भने केही दिनमा नै सार्वजनिक गर्ने उनको योजना छ । यसअघि चलचित्रको प्रदर्शन मिति २०७६को चैत २८लाई तोकिएकोमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रदर्शन हुन सकेको थिएन ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतलगायतको मूख्य भूमिका छ ।

चलचित्रको छायाङ्कन राजेश श्रेष्ठले गरेका हुन् । जसमा कल्यान सिंहको सङ्गीत, कविराज गहतराजको नृत्य रहेको छ । गीतको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभ स्टोरीमा बनाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *