कोरियोग्राफर रेनाशा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौँ । ‘इन्टुमिन्टु लन्डनमा’ निर्देशक तथा चर्चित कोरियोग्राफर रेनाशा वान्तवा राई कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर-२ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रेनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।

राईले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको थियो । यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए ।

इलामको चुलाचुली पुर्ख्यौली घर भएकी रेनाशा केही समयअघि मात्रै इलाम आएकी थिइन् । उनी कांग्रेस कार्यकर्ता नरेन्द्र कुमार वान्तवाकी छोरी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *