सेल्सबेरीको दसैँ तिहार अफरका विजेता श्रेष्ठ बने

काठमाडौँ । दसैँ तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासँगको सहकार्यमा एक महिने अफर आयोजना गरेको थियो । सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा सञ्चालन गरिएको थियो ।

टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा यामाहा फ्यासिनो १२५ जित्ने अवसर भएको यस अभियानको विजेता छनौट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा एक समारोहकाबीच गरिएको छ ।

उक्त योजनाको भाग्यशाली विजेताको घोषणा सेल्सबेरीका सिइओ रमेश कार्की, पोखरा प्रदेशका प्रबन्धक, दयाल गिरी, यामाहाकी मार्केटिङ म्यानेजर बिबेचना श्रेष्ठ र ब्रान्ड अफिसर भारती आचार्यको उपस्थितिमा गरिएको थियो । यस योजनाको भाग्यशाली विजेता प्रजेश लाल श्रेष्ठ बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *