डिएआर मुभिजले राष्ट्रिय लोकदोहोरी महोत्सव गर्ने
२०७८ मंसिर ८ गते

काठमाडौँ । डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने बताइएको छ ।
यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो ।
आगामी चैत्र दोस्रो साता टुँडिखेलमै आयोजना हुने महोत्सवमा दर्शकले निःशुल्क प्रवेश पाउने आयोजकले कमिटीका सदस्य श्याम धितालले बताए । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारको समेत सहभागिता रहनेछ ।
२०७८ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








