गायन रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ हुने

काठमाडौँ । भ्वाइस स्टार नेपालसँगको सहकार्यमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको छ । शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरूको छनोट गरिनेछ ।

डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ । २५ शृङ्खलासम्म चल्ने प्रतिस्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *