लामाको निर्देशनमा ‘घुइँचो’ बन्ने

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ बन्ने भएको छ । आरजे म्युजिक एन्ड फिल्म्सले निर्माण गर्ने चलचित्रमार्फत मोडल कुन्साङ बमजनले डेब्यू गर्दैछन् ।

चलचित्रमा नायिकाको रूपमा एलिजा गौतम रहनेछिन् भने निर्माता रामजी दैलेखी हुन् । निर्माण टिम माघबाट छायाङ्कनमा निस्किने तयारीमा छ ।

जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ । चलचित्रको छायांकन दैलेख, जुम्ला र मुगुमा हुने निर्देशक लामाले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *