मंसिर ७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. मंसिर ०७, २०७८ । ई.सं. २३ नाेभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस, दक्षिणायन, हेमन्त । मंगलबार मार्ग कृष्णपक्ष । तिथि- चतुर्थी, २१:३६ बजे उप्रान्त पञ्चमी । नक्षत्र- आर्द्रा , ११:५१ बजे उप्रान्त पुनर्वशु । योग- शुभ, ३०:१४ बजे उप्रान्त शुक्ल । करण- वव ८:४२ बजेदेखि वालव, २१:३६ बजे उप्रान्त गर । चन्द्रराशि मिथुन । आनन्दादि योग चर । दिनमान २६।२८ । सूर्योदय ६:३२ । सूर्यास्त १७:०७ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ । लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज हराएको आत्मविश्वास बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जोश जाँगर र हिम्मत बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुने र धार्मिक यात्राको योग छ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *