दुबईमा चलचित्र ‘गुञ्जन’ टिम

काठमाडौँ । चलचित्र ‘गुञ्जन’को टिम छायाङ्कनका लागि दुबई पुगेको छ । चलचित्रको गीत ‘सासै चल्छ पलपल तिम्रै मायाको…’ को छायाङ्कनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जनसहित कलाकार प्रिमतराज सेन्चुरी र सारा सिर्पालीसहितको टिम दुबई पुगेको हो ।

प्रिमतराज र सारा देखिने रोमान्टिक गीत दुबईको विभिन्न क्षेत्रमा छायाङ्कन भइरहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरिरहेका छन् भने छायाङ्कनमा विदुर पाण्डे छन् ।

चलचित्रमा सारा र प्रितमराज सहित सरोज खनाल, कबिर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत चलचित्रमा रहेको छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *