अस्करले दुई दिने फिल्म फेस्टिभल गर्ने

काठमाडौँ । अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले फिल्म फेस्टिभल गर्ने भएको छ । यही मङ्सिर १० र ११ गते कलेजले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिनको फेस्टिभल गर्न लागेको हो । फेस्टिभल बोर्डको हलमा हुनेछ ।

कलेजका प्रिन्सिपल रामराजा दाहालका अनुसार कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले फेस्टिभल गर्न लागिएको हो ।

फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका चलचित्रसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका चलचित्र पनि देखाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *