भीम रावलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडाैँ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । आइतबार रिपाटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीकाे १०‌‍‍औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।

९औं महाधिवेनबाट निर्वाचित नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेकाे आराेप लगाउँदै रावलले भने, ‘केन्द्रीय पदमा उम्मेदवारी दिने घाेषणा गर्दछु । म समग्र राजनीतिलाई दिशा प्रदान गर्छु । समाजवादउन्मुख प्रणालीका लागि लड्छु । नेपालकाे संविधानलाई आदर्श मान्दै अघि बढ्नुकाे विकल्प छैन । यसका लागि म मंसिर १० देखि १२ गतेसम्म चितवनमा चल्ने महाधिवेशनमा अध्यक्ष पदकाे लागि उम्मेदवारी दिने घाेषणा गर्दछु ।’

उनले माधवकुमार नेपालतर्फ इङ्गित गर्दै आफू फुटविपरीत कहिल्यै नलागेकाे बताए । सशक्त एमाले देशकाे चाहना भएकाे उल्लेख गर्दै रावलले भने, ‘एमाले सबैकाे पार्टी हाे । याे अझ सशक्त बनाेस् भन्ने चाहना मेराे मात्रै हाेइन । याे विभाजन हुनुहुँदैन भन्नेमा म पनि थिएँ । तर त्याे भएन । यसपछि यसरी अगाडि बढ्नुपर्ने भयाे ।’

रावलले १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । २,१५२ जनाले मतदान गर्दा रावललाई १,१४३ जनाले मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *