गायिका प्रविशाले गरिन् विवाह

काठमाडौँ । गायिका प्रविशा अधिकारीले विवाह गरेकी छन् । उनले अमेरिका बसोबास गरिरहेका झापाका निर्माण सिटौलासँग आज (आइतबार) विवाह गरेकी हुन् । प्रविशा पनि झापाकै भएकाले उनीहरूको विवाह झापामा भएको हो ।

विवाहका लागि साङ्गीतिक क्षेत्रका साथै उनी निकट केही साथी झापा पुगेका छन् । इन्जिनियर निर्माणसँग पारिवारिक सहमतिमा नै अधिकारीले विवाह गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *