एलिजा गौतमको ‘तिम्रो हाँसो’ सार्वजनिक

काठमाडौँ । सुगम पोखरेल र रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’ सार्वजनिक भएको छ । दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा राहुल प्रधानको संगीत समायोजन छ ।

भिडिओमा एलिजा गौतम र प्रहिल कार्कीको रोमान्स देख्न सकिन्छ । भिडिओ निर्देशन प्रहिल कार्कीले नै गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्य छायाङ्कन रहेको भिडिओमा माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *