पत्रकार सम्मेलन गर्दै रावल, अध्यक्षमा उम्मेदवारी घाेषणा गर्नसक्ने

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले पत्रकार सम्मेलन गर्दै छन् । उनले आइतबार दिउँसो ३ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन आयोजनाको तयारी गरेका छन् ।

सम्मेलनमा आसन्न दशौं महाधिवेशनमा आफ्नो उम्मेदवारी र रणनीतिबारेकाे तयारी सार्वजनिक गर्ने रावलनिकट स्रोतहरूले बताएका छन् । उनकाे सहयाेगी एकिन्द्र कुँवरले पनि रावलले उम्मेदवारी घाेषणा गर्ने बताएका छन् । कुन पदमा उम्मेदवारी घाेषणा गर्ने भन्नेबारे भने खुलाएका छैनन् ।

रावलले यसअघि अछाममा भएको एक कार्यक्रममा आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । उनले आफूलाई आफ्नाे कार्यकर्ताहरूले अध्यक्षमा उठ्नुपर्ने मनसाय सुनाएपछि आफू उठ्ने बताउँदै आएका छन् ।

रावलले १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । २,१५२ जनाले मतदान गर्दा रावललाई १,१४३ जनाले मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *