आमिर खानसँग काम गर्ने पाकिस्तानी अभिनेत्रीको रहर

एजेन्सी । आफ्नो चर्चित टेलिभिजन शो ‘जिन्दगी गुलजार है’बाट विश्वभर चिनिएकी पाकिस्तानी अभिनेत्री सनम सईदले भारतीय चलचित्रमा काम गर्न चाहेको बताएकी छन् । उनी बलिउड स्टार आमिर खानसँग काम गर्न चाहन्छिन् ।

आफ्नो आगामी शो ‘कातिल हसीनो के नाम’ को पत्रकार सम्मेलनमा सनमले टेलिभिजनमा होइन, भारतीय चलचित्रमा काम गर्न तयार रहेको बताएकी छन् । उनी भन्छिन्,’म धेरै खालका चलचित्र गर्न चाहन्छु । तर सुरुमा मलाई आमिर खानसँग काम गर्न मन छ ।’ भारतमा ओटिटी प्ल्याटफर्ममा पाकिस्तानी सामग्रीको लोकप्रियताको बारेमा कुरा गर्दै सनमले भनिन्,’हामीलाई थाहा छ भारत कस्तो छ, हामीले उनीहरूको चलचित्र हेरेका छौँ । तर उनीहरूलाई थाहा थिएन कि हामी (पाकिस्तानी) कस्तो देखिन्छौँ र हाम्रो जीवन कस्तो छ । हामी उस्तै देखिन्छौँ, उस्तै खाना खान्छौँ, हामी व्यावहारिक रूपमा दाजुभाइ दिदीबहिनी हौँ ।’

यस्तो छ शो

उनी थप्छिन्, ‘उनीहरू (भारतीय) लाई अहिले थाहा छ कि पाकिस्तानीहरू हामी जस्तै देखिन्छन्, हामी जस्तै कुरा गर्छन्, उर्दूमा अलि राम्रो कुरा गर्छन् । ओटिटी प्लेटफर्मले हामीलाई त्यो स्वतन्त्रता दिएको छ, जहाँ प्रतिबन्ध र राजनीति सबै अलग-अलग छन्  । र, हामी हाम्रा शोहरू मार्फत भारतीय दर्शकहरूमाझ पुग्न सक्छौँ ।‘

अभिनेत्रीले ‘कातिल हसिनो के नाम’ मा आफ्नो भूमिका वास्तविक जीवनमा रहेको व्यक्तित्वभन्दा निकै फरक रहेको खुलासा गरिन् । उनले थपिन्, ‘वास्तविक जीवनमा म सजिलैसँग रिसाउँदिनँ, तर जब म यस्तो कुनै भूमिका गर्छु, त्यो भावना ल्याउनु पर्छ । कलाकार हुनुको सुन्दरता भनेको आफ्नो पात्रबाट आफूलाई अभिव्यक्त गर्न पाउनु हो । म वास्तविक जीवनमा धेरै साधारण केटी हुँ ।‘

७ जना महिलाको कथा

मीनु गौरद्वारा निर्देशित, ‘कातिल हसिनो के नाम’ छ एपिसोडको एन्थोलोजी हो जसमा सात महिलाका कथाहरू प्रदर्शन गरिनेछ । शोलाई फरजाद नबी र मीनु गौरले लेखेका हुन् ।

महिलाहरूले तथाकथित समाजको अगाडि घुँडा नटेकी आफ्नो भाग्य आफैँ बनाउने निर्णय गर्दा के हुन्छ भनेर शोमा देखाइएको छ । यस शोमा सरवत गिलानी, मेहर बानो, इमान सुलेमान, फैजा गिलानी जस्ता अन्य लोकप्रिय अनुहारहरू पनि छन् । डिसेम्बर १० देखि जी ५मा यो शो प्रसारण हुनेछ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *