अध्यादेशबाट संघीय निजामती ऐन ल्याउने तयारी

किमाथाङ्का । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अध्यादेशमार्फत् संघीय निजामती सेवा ऐन ल्याउने बताएका छन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको पत्रकार भेटघाटमा संघीय मामिलामन्त्री श्रेष्ठले संघीय निजामती ऐन अध्यादेशमार्फत् ल्याउन लागिएको बताए ।

राजनीतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसद्‌मा गएको लामो समयसम्म पनि अघि बढ्न नसकेको मन्त्री श्रेष्ठले बताए । निजामती ऐन संसद्‌मै छलफल गरेर ल्याउन पटक–पटक प्रयास गरिएको भए पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले भने, “मन्त्रालयको पुनर्संरचना गर्न कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहले ठूलो समस्या झेलिरहेका छन् । ऐन बन्न नसक्दा अहिले प्रशासनिक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेमा ६० प्रतिशत कर्मचारी अभाव छ ।” अध्यादेश आएपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुनेमा आफू ढुक्क रहेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *