नेपालगञ्ज म्याराथनको उपाधि किरण र सन्तोषीलाई

नेपालगञ्ज । सातौँ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरणसिंह बोगटीले जितेका छन् । महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । किरण, निर्धारित दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् ।

१३ औँ सागका स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै च्याम्पियन बने । नरेन्द्रले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा निर्धारित दुरी पार गरे । एपीएफका सन्तोषविक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा पुरा गर्दै तेस्रो बने।

यसैगरी सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । १३ औँ सागकी स्वर्णपदक विजेता सन्तोषीले साबिक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जितिन् । गत वर्ष १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा दुरी पूरा गर्दै प्रथम भएकी पुष्पाले यस पटक दुरी १ घण्टा १९ मिनेट १८ सेकेन्डमा पार गरिन् । तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरिन्।

म्याराथनतर्फ विजेताले एक लाख,  उपविजेताले ५० हजार, तृतीयले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार,  तेस्रोले १५ हजार हात पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *