ब्लाइण्ड अडिशनमै ‘वान्स मोर’ पाएका ११ वर्षीय जेनिश

काठमाडौँ । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को ब्लाइन्ड अडिसन चलिरहेको छ । ब्लाइन्ड अडिसनको तेस्रो एपिसोडमा आएका एक बालकले चार कोचसँगै धेरै दर्शकको मन जितेका छन् । ११ वर्षीय जेनिश उप्रेतीले गाएको गीत ‘फूलको थुङ्गा’ले चारै जना कोचलाई फर्कन बाध्य बनायो ।

उनको प्रस्तुतिले दर्शकलाई झुमाएको थियो ।  सबैको आग्रहमा उनले दोस्रो पटक समेत गीत गाए । कोचहरू उनलाई आफ्नो टिममा लिन विभिन्न तरिका अपनाउँदै थिए ।  अन्तमा उनले भने कोच प्रमोदलाई चुने ।११ वर्षीय उप्रेतीले ४ वर्षको उमेर मै स्टेजमा गीत गाउन सुरु गरेका थिए ।

झापाका उनले ६ वर्षको हुँदाबाट संगीतको औपचारिक शिक्षा दिन थालिएको थियो । उनमा गायनसँगै अर्को एक भिन्न क्षमता पनि छ ।  उनले पियानो बजाउँदै गीत गाउने गर्छन् । दु:ख साट्दै उनले ‘मामुले मलाइ गाउन र पढ्नमा ठूलो मान्छे बनेको हेर्न चाहनु हुन्थ्यो’ भनेका छन् ।  उनले केही महिनाअघि मात्रै आफ्नी आमालाई क्यान्सर र कोरोनाको कारण गुमाएका रहेछन् ।

भिडिओ…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *