ओली नेपाली राजनीतिका खलनायक हुन् : प्रचण्ड 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका खलनायक भएको आरोप लगाएका छन् ।

रौतहटको कटहरियामा शनिवार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ओली खलनायक भएको आरोप लगाएका हुन् । उनले भने, ‘केपी ओली गणतन्त्र विरोधी हुन् । लोकतान्त्रिक व्यवस्थालाई नसुहाउने नेता हुन् उनी । उनले जनताले चुनेको पठाएको नेताहरूको सार्वभौम संसद् पटक पटक विघटन गरे । उनी नेपाली राजनीतिको खलनायक हुन् ।’

यस्तै प्रचण्डले माओवादीलाई सिध्याउन खोजिँदै गरेको दाबी गरे । ‘माओवादीविरुद्ध शक्तिहरू एक ठाउँमा आउँदैछन्,’ प्रचण्डले भने, ‘यस्तो हिजो पनि भएको थियो । हिजो माओवादी र नेतृत्वको हिसाबले प्रचण्डमाथि अनेक हल्लाहरू फिँजाइए । माओवादीले संघीयता छोड्यो भयो । तर,यथार्थमा त्यो थिएन । यो आज पुष्टि भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *