सकियो ‘प्रेमगन्ज’को छायांकन

काठमाडौँ । परिच्छेद सेनको निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को छायांकन सकिएको छ । वैशाखमा सुरु भएको छायांकन यही मंसिर एक गते सकिएको निर्माण टिमले जानकारी दिएको छ ।

छायांकनमा मात्रै दुई करोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । चलचित्र काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा छायांकन गरिएको छ ।

बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्र मार्फत राईडर प्रशान्त , सुप्रिया खनाल र सिम्रन खड्काले डेब्यु गर्दै छन् । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुत कर्ता राजु फुयाँल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *