आशिष सचिनको गीत ‘झ्याइँ झ्याइँ पञ्चे बाजाले’ सार्वजनिक

काठमाडौँ । गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याइँ झ्याइँ पञ्चे बाजाले’ सार्वजनिक भएको छ । गायिका ऋतिका श्रेष्ठले उनलाई स्वरमा साथ दिएकी छन् ।

सार्वजनिक गीतमा महेश आचार्यका शब्द सिर्जनामा एसडी योगीको संगीत रहेको छ । बियोन्डको कन्सेप्ट रहेको भिडिओमा रमाइलोमा नै प्रेममा परेका तर विदेश जान बाध्य एक प्रेम जोडीको कथालाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

भिडिओमा सचिनको साथमा आँचल शर्मा र जेरी भण्डारीको अभिनय छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडिओमा नवराज उप्रेतीको छायांकन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *