आगामी दशैँमा ‘परदेशी २’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘परदेशी २’ अर्को वर्षको दशैँमा प्रदर्शनमा आउने तयारीमा छ । यसै वर्षको दशैँमा प्रदर्शनमा ल्याउने तयारी भए पनि कोरोनाको कारण छायांकन नसकिएकोले प्रदर्शन हुन सकेन । अब यो चलचित्र अर्को वर्षको घटस्थापना वा फूलपातीमा प्रदर्शन हुनेछ ।

नारायण रायमाझीले निर्देशन गरेको यो चलचित्र २०१५ मा सार्वजनिक भएको सुपर हिट चलचित्र ‘परदेशी’ को सिक्वेल हो । नेपाल र अमेरिकामा छायांकन भएको यस चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ ।

रमेश विजीले लेखेको चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *