९० काे दशकको सत्य घटनामा आधारित ‘जय भीम’

कथा

‘जय भीम’ इरुलुर आदिवासी समुदायका दम्पती सेङगेनी र राजकन्नुको कथा हो । राजकन्नुलाई प्रहरीले झुटो आरोपमा पक्राउ गर्छ र त्यसपछि उनी प्रहरी हिरासतबाट बेपत्ता हुन्छन् ।

यस्तो अवस्थामा उनकी श्रीमतीले उनलाई खोज्न वकिल चन्द्रु (सूर्या) को सहयोग लिन्छिन् । यो चलचित्र ९० को दशकमा तमिलनाडुमा घटेको सत्य घटनामा आधारित छ ।

पहिलो दृश्यबाटै ध्यान खिच्न सफल

‘जय भीम’ पहिलो दृश्यबाटै दर्शकको ध्यान खिच्न सफल भएको छ । पहिलो दृश्यमा स्थानीय कारागारबाट केही व्यक्ति बाहिर निस्कन्छन् र परिवार बाहिर पर्खिरहेका छन् ।

बाहिर निस्कनेलाई आफ्नो जात सोधिन्छ । र त्यसै अनुसार माथिल्लो जातिकालाई घर जान दिइन्छ भने तल्लो जातिकालाई फेरि पुरानो मुद्दामा अभियुक्त बनाएर प्रहरीमा बुझाइन्छ ।


‘जय भीम’ सूर्याको करियरको सबैभन्दा महत्त्वपूर्ण चलचित्र बनेको छ । यो चलचित्रको मुख्य कुरा भनेको यसलाई प्रस्तुत गर्ने तरिका हो ।

चलचित्रमा नायक (सूर्या) लाई मात्रै नभई अन्य पात्रलाई पनि सत्य घटना अनुसार पूरा ध्यान दिइएको छ । यसले न्याय प्रदान गर्न न्यायपालिका र प्रहरी विभागले कसरी मिलेर काम गर्नुपर्छ भन्ने समेत देखाउँछ ।

प्रहरी अत्याचार

चलचित्रमा सन् १९९५ को अवस्थालाई देखाइएको छ । साथै आज पनि धेरै ठाउँमा तल्लो जातका मानिसको स्थितिमा खासै परिवर्तन नआएको कुरामा पनि यसमा पूर्ण जोड दिइएको छ ।

चलचित्रले प्रहरीको अत्याचारलाई देखाएको छ, उनीहरूको पन्जाबाट कोही पनि उम्कन सक्दैन । त्यसै गरी, माथिल्लो अधिकारीले तल्लो तहको मानिसलाई केही गर्न अर्हाउदा त्यो गलत होस् वा सही हो, प्रश्न सोधिँदैन । माथिको आदेशअनुसार नै गर्ने गरेको देखाइएको छ ।

हेर्ने कि नहेर्ने ?

जय भीममा जातीय विभेदको विषयलाई निकै गम्भीरताका साथ देखाइएको छ । चलचित्रमा सुर्याले वकिलको भूमिकामा राम्रो अभिनय गरेका छन् । साथै, सुरिया मात्र होइन अन्य सबै पात्रहरूले पनि राम्रो काम गरेका छन् ।

चलचित्रमा यस्ता धेरै दृश्य छन् जसले तपाईँलाई सोच्न बाध्य पार्छ । ‘देशमा गणतन्त्र जोगाउन कहिलेकाहीँ तानाशाह चाहिन्छ’, ‘कानुन अन्धो छ, आज यो अदालत मूर्ख पनि बन्यो’ जस्ता केही संवाद र दृश्यले चलचित्रलाई थप विशेष बनाएको छ । चलचित्र हेर्दा समय खेर जाँदैन ।

चलचित्र : जय भीम
निर्देशक : टी जे ज्ञानवेल
कलाकार : सूर्या, प्रकाश राज, राजीषा विजयन, मणिकन्दन, लिजोमोल जोस
ओटीटी : अमेजन प्राइम भिडिओ

लाइभ हिन्दुस्तानबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *