पार्टी सदस्य करिब ८ लाख पुगेको माओवादी केन्द्रको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या करिब ८ लाख पुगेको दाबी गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

अझै यो संख्या बढ्न सक्ने उनले बताएका छन् । ‘देशभरी पार्टी सदस्यको संख्या करिब ८ लाख पुगेको छ । डिजिटल गर्ने र सर्भरहरूबाट आउनुपर्ने भएकाले केही बाँकी छ । त्यसकारण यकिन कति भन्ने पछि फाइनल आउँछ’ श्रेष्ठले भनेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरू समेत गठन गरेको छ ।
मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ ।

आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *